५ जेष्ठ २०८१, शनिबार | Sun May 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


चन्द्रागिरिमा चट्याङ लागेर युवकको मृत्यु



२१ वैशाख । काठमाडौंको चन्द्रगिरीमा आज चट्याङ लागेर एक युवकको मृत्यु भएको छ । प्रहरीका अनुसार काठमाडौं महानगरपालिका १४ बल्खु बस्ने मकवानपुर भिमफेदी गाउँपालिका २ घर भएका ३६ वर्षीया राजु राम बजुको भएको हो ।
चन्द्रागिरि नगरपालिका ६ बालागाउँस्थित ज्ञ्यानु बलामीको निर्माणाधिन घरको ढलानमा पानी हाल्ने क्रममा चट्याङ लागेर गम्भीर घाइते भएका उनको वीर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाई छ ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २१ बैशाख २०८०, बिहिबार  २ : २४ बजे