५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


बनेपामा चण्डेश्वरी जात्रा



काभ्रेपलाञ्चोक, २२ वैशाख । काभ्रेपलाञ्चोकको बनेपाका स्थानीयवासीहरुले हर्षोउल्लासकासाथ मनाउने ‘चण्डेश्वरी जात्रा’ सुरु भएको छ । हरेक वर्ष चण्डि पूर्णिमा अर्थात् बुद्ध जयन्तीको अवसरमा बनेपावासीले चण्डेश्वरी जात्रालाई ठूलो महत्वका साथ मनाउने गर्दछन् ।

करिब छ सय वर्ष पहिले राजा आनन्द देवको पालामा चण्डेश्वरी जात्रा सुरु भएको पाइन्छ । परापूर्व कालमा चण्डासुर नामको दैत्यले तेत्तिसकोटी देवताका साथै बनेपा नगरवासीहरुलाई धेरै दुःख दिएकोले उनीहरुको दुःखबाट मुक्ति दिनका लागि रक्तचन्दन बनबाट चण्डेश्वरी माई प्रकट भई सो दैत्यको नाश गरेको खुसीयालीमा बनेपा नगरवासीहरुले हरेक वर्ष चण्डेश्वरी जात्रा मनाउने गर्दछन् ।

जात्राको पहिलो दिन (बिहिबार) तकः पुजा अर्थात् चण्डेश्वरीसहित विभिन्न देवीदेवताको पुजा गरी चण्डेश्वरीमा १२ वटा काला बोकाको बलि दिइएको थियो । जात्राको दोस्रो दिन बिहान अर्थात् पूर्णिमाको दिन (शुक्रबार) बिहान ३ : ३० बजे स्थानीयहरुले हातहातमा चिराग लिएर बनेपाको लायकु दरबारमा उपस्थित भई विभिन्न बाजागाजासहित भजन किर्तन गर्दै चिराग लिएर चण्डेश्वरी नजिकै रहेको जैसिगाकुण्ड, पवित्र तिर्थस्थलमा गई नुहाएका हुन् ।

जात्राको दोस्रो दिनमा नै काठमाडौंको हनुमानढोकाबाट कानफुट्टा जोगी आएपछि बनेपाको तीन धारामा एक भेडा र एक कुखुराको भाले काटेर पुजाआजा गरि देवता राख्न रथलाई चण्डेश्वरी मन्दिरमा लैजाने प्रचलन छ ।

प्रकाशित मिति : २२ बैशाख २०८०, शुक्रबार  ८ : २९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।