५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंको बागबजारबाट पैसा छाप्ने मेसिनसहित दुई जना पक्राउ



 

काठमाडौं
२२ वैशाख । काठमाडौंको बाग बजारमा पैसा छाप्ने मेसिन सहित सादाय हलुवाई र अर्को एक जना पक्राउ परेका छन् ।
गोकर्णेश्वर नगरपालिका ६ नयाँबस्ती क्षेत्रमा नक्कली नोटहरुबाट सामान किनबेच हुने गरेको सूचनाको आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले सम्झना गहतराजलाई एक हजारको १ थान नक्कली नोटसहित फेला पारी पक्राउ गरेको थियो । अनुसन्धानका क्रममा काठमाडौं बागबजारस्थित सादाय हलुवाई पनि पक्राउ परेको प्रहरीको भनाई छ ।
काठमाडौं बागबजारस्थित सादाय हलुवाईको कोठाबाट एक हजार दरको ४९ थान नक्कली नोट, प्रिन्ट गरेको काट्न बाँकी एकहजार दरको नोट १ सय २६ थान, पाँच सय दरको नोट २ थान, प्रिन्ट गरेको काट्न बाँकी पाँच सय दरको नोट ६० थान, प्रिन्टर मेसिन १ थान, बैंकको चेक बुक १ थान, नेपाली नागरिकता १ थान, फलामको रूलर १ थान, मसि ५ थान, रंगिन पेपर ५० थान, फोटोकपि पेपर र मोबाइल २ थान फेला पारी उनलाई समेत प्रहरीले पक्राउ गरेको हो ।

नक्कली नोटको कारोबारीमा जाजरकोट घर भई काठमाडौं टोखा नगरपालिका ७ बस्ने ३१ वर्षीया सम्झना गहतराज र बाँके नेपालगंज घर भई काठमाडौं बागबजारस्थित होटलमा बस्ने ३२ वर्षीय सादाय हलुवाई रहेका छन् ।
उनीहरू उपर मुद्रा सम्बन्धी कसूरमा प्रहरी वृत्त बौद्धबाट थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

प्रकाशित मिति : २२ बैशाख २०८०, शुक्रबार  १२ : ०६ बजे