५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंको मनमैजु र सिनामंगल दुई जना मानिस मृत फेला



२६ बैशाख । काठमाडौंको मनमैजु र सिनामंगलमा एक एक जना गरेर दुई जना मानिस मृत अवस्थामा फेला परेका छन् ।
प्रहरीका अनुसार काठमाडौंको तारकेश्वर नगरपालिका ९ मनमैजु बासुकिनाग टोल डेरा गरी बस्ने पाल्पा निस्दी गाउँपालिका ३ घर भएकी ४९ वर्षीया रिसङ तामाङ आफ्नै कोठामा सोमबार मृत अवस्थामा फेला परेकी छिन् ।
यसैगरी काठमाडौं महानगरपालिका ९ सिनामंगल भत्केको पुलस्थित बागमती खोला किनारमा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ४० वर्षीया महिला सोमबार मृत अवस्थामा फेला परेकी छिन् ।
घटनाहरुका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २६ बैशाख २०८०, मंगलबार  ३ : ४३ बजे