काठमाडौं, २७ वैशाख । ईङवा हाइड्रोपावर लिमिटेडले बैशाख १३ गतेदेखि १७ गतेसम्म निष्काशन गरेको आईपीओ बाँडफाँट भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबनधक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गको कार्यालय ठमेलमा शेयर बाँडफाँट भएको हो ।
कम्पनीको शेयरमा १२ लाख ३ हजार ९९५ जना आवेदकले १ करोड २८ लाख ९५ हजार ४९० कित्ता शेयरको लागि आवेदन दिएको थियो । त्यसमध्ये ४ हजार २८ को आवेदन रद्ध भएका छन् । त्यस अनुसार कम्पनीको आईपीओमा ११ लाख ९९ हजार ९६७ को मात्रै योग्य आवेदन परेका हुन् ।
कम्पनीको शेयरमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथाबाट न्युनतम १० कित्ताको दरले शेयर वितरण भएको छ । त्यस अनुसार योग्य आवेदक मध्येबाट १ लाख २६ हजार ८६३ जना आवेदकले मात्रै १० कित्ताका दरले शेयर पाएका छन् ।
त्यस पश्चात बाँकि भएको ९ कित्ता शेयर त्यसमध्येबाट पनि पुन गोलप्रथाबाट थप एक/एक कित्ताका दरले वितरण भएको छ । त्यस अनुसार अधिकतम ११ कित्तासम्म शेयर पाएका छन् ।







प्रतिक्रिया