२६ फाल्गुन २०८२, मंगलबार | Tue Mar 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


मौद्रीक नीतिको तेस्रो समीक्षाः बैंक दर घट्यो(पूर्णपाठ)



३० वैशाख। नेपाल राष्ट्र बैंकले बैंक दर १ प्रतिशतले घटाएको छ। राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो समीक्षामार्फत साढे ८ प्रतिशत रहेको बैंकदर साढे ७ प्रतिशतमा झारेको हो।

हालको नीतिगत दर ७ प्रतिशतलाई यथावत राखिएको छ। राष्ट्र बैंकले ८.५ प्रतिशतको बैंकदरमा उपलब्ध गराउँदै आएको दैनिक तरलता सुविधालाई अर्धवार्षिक समीक्षामार्फत नीतिगत दर ७ प्रतिशतमा उपलब्ध गराउने व्यवस्था गरेको छ।

सरकारी धितोपत्रहरूको सुरक्षणमा केन्द्रीय बैंकले बैक तथा वित्तीय संस्थालाई अन्तिम ऋणदाता सुविधाको रुपमा प्रदान गरिने ऋणमा लिने ब्याजदरलाई बैंकदर भनिन्छ।

राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो समीक्षा गर्दै वाहृय क्षेत्रमा आएको सुधारका कारण वित्तीय प्रणालीमा तरलताको स्थिति सहज भएको जनाएको छ। जसले गर्दा ब्याजदर पनि घट्न थालेको राष्ट्र बैंकले उल्लेख गरेको छ।

‘ब्याजदर क्रमशः घट्न थालेको छ । फलस्वरुप, कर्जा र आन्तरिक माग पनि क्रमशः बढ्दै जाने देखिन्छ’ राष्ट्र बैंकले भनेको छ, ‘यसर्थ, समग्र माग व्यवस्थापनका साथै आन्तरिक उत्पादन विस्तार गर्न सकेमा मात्र बाहृय क्षेत्र र ब्याजदरमा आएको सुधार दिगो रहन सक्दछ।’

बैंक तथा वित्तीय संस्थामा निष्क्रय कर्जा अनुपात केही बढेको राष्ट्र बैंकले जनाएको छ। आर्थिक शिथिलताका अतिरिक्त ऋणीको क्षमताभन्दा बढी कर्जा प्रदान गर्ने प्रवृत्ति, विगतमा कर्जा प्रवाहमा भएको तीब्र विस्तार र बैंकिङ क्षेत्र लक्षित गैरव्यावसायिक गतिविधिका कारण निष्क्रय कर्जा बढ्न गएको राष्ट्र बैंकले औंल्याएको छ।

प्रकाशित मिति : २९ बैशाख २०८०, शुक्रबार  ७ : ४६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।