५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


रत्नपार्कको भ्यूटावरमा पार्किङ नि:शुल्क !!!



अहिले नि:शुल्क हो । पछि पैसा लाग्छ

ललितखबर
२ जेठ । राजधानीको रत्नपार्कमा रहेको काठमाडौं भ्यू टावरले तत्कालका लागि निःशुल्क पार्किङ दिएको छ ।
काठमाडौं भ्युटावरका ठेकेदार कम्पनी जलेश्वर स्वछन्द विकोई विल्डर्सका ठेकेदार मनोजकुमार भेटुवालले गएको बैशाख २२ गतेबाट भवनको पार्किङमा कुनै शुल्क नदिई निशुल्क पार्किङ गर्न दिएको ललितखबरसँग बताए । उनले भने, ‘केही समयसम्म अझैं निःशुल्क हुन्छ । त्यो एक महिनासम्म पनि हुनसक्छ ।’
पार्किङमा काम गर्ने एक कर्मचारीले पार्किङ शुल्क कति लिने भनेर निर्णन भइनसकेकाले तत्काल निशुल्क गरिएको हो । उनले भने, ‘अहिले नि:शुल्क हो । पछि पैसा लाग्छ ।’
पछिल्लो समय काठमाडौं नयाँ सडक इन्द्रचोक असनलगायतका ठाँउमा किनमेल गर्न जाँदा पािर्कङ नहुँदा उपभोक्ता समस्यामा छन् । वसपार्क सहितको निर्माणाधिन बहुतले भवन सञ्चालनमा आएपछि यहाँका व्यापारीहरुको व्यापार बढ्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २ जेष्ठ २०८०, मंगलबार  ३ : ५८ बजे