५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


कीर्तिपुरमा मूर्ति व्यवस्थापन नभएसम्म पानेजु संघले मच्छिन्द्रनाथको प्रसाद नलैजाने



ललितपुर,३ जेठ । प्यंगःथामा स्थापित मूर्तिलाई व्यवस्थापन नगरेसम्म ह्यागृब भैरबनाथ तथा ३२ पानेजु संघ ललितपुरले कीर्तिपुरमा प्रसाद नलैजाने अडान कायमै राखेको छ ।

विवाद मिलाउन ललितपुर महानगरपालिकाले मंगलबार डाकेको सरोकार पक्षको बैठकमा पानेजु संघले यस्तो अडान राखेको हो । पानेजु संघले मूर्ति व्यवस्थापनका लागि कीर्तिपुर नगरपालिकालाई ४ जेठसम्मको समयावधि दिएको छ ।

सुखी गँछेः समाजले गत १५ मंसिरमा प्यंगःथामा स्थापना गरिएका मूर्तिहरु गुठी संस्थानमा नलेगसम्म मच्छिन्द्रनाथको प्रसाद बोकेर कीर्तिपुर नजाने अडान पानेजु संघले राखेपछि झण्डै ८ घण्टासम्म चलेको छलफल विनानिष्कर्ष टुंगिएको छ ।

बैठकमा कीर्तिपुर नगरपालिका र त्यहाँका स्थानीयले मूर्ति स्थापना भएको ठाउँबाट हटाइसकेको र बन्द कोठामा रहेको भन्दै प्रसाद ल्याएर परम्परा कायम राख्नुपर्ने बताएका थिए ।

 

प्रकाशित मिति : ३ जेष्ठ २०८०, बुधबार  ३ : १५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।