१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


कीर्तिपुर र मुलपानी मैदानलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने



काठमाडौं, ५ जेठ । सरकारले कीर्तिपुर र मुलपानी क्रिकेट मैदानलाई अन्तराष्ट्रिय स्तरको रंगशाला बनाउने भएको छ।

शुक्रबार सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले कीर्तिपुर र मुलपानी मैदानलाई दुई वर्षभित्र स्तरोन्‍नति गरी अन्तर्राष्‍ट्रियस्तरको प्रतियोगिता सञ्‍चालन हुने व्यवस्था गर्ने बताए।

यस्तै, सरकारले चितवनको भरतपुर, कैलालीको फाप्ला, बैतडीको दशरथचन्द र मोरङको विराटनगर क्रिकेट रङगशालाको पूर्वाधार निर्माण कार्य अघि बढाउनले भएको छ।

यस्तै, सरकारले खेलकुदको विकासका लागि पत्येक विद्यालयमा खेल शिक्षकको व्यवस्था गर्ने भएको छ। ‘हरेक विद्यालयमा खेल शिक्षकको व्यवस्था गरिनेछ। वार्षिक खेलकुद क्यालेण्डर तयार गरी अन्तरपालिका तथा प्रदेशस्तरीय प्रतियोगिताहरूको आयोजना गरिनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ, ‘एक वडा एक खेल मैदान, एक पालिका एक कभर्ड हलको निर्माण गरिनेछ।’

यस्तै, खेलकुदलाई राष्‍ट्रको पहिचान¸ गौरव र प्रतिष्‍ठा बढाउने माध्यमको रूपमा विकास गर्दै राष्‍ट्रिय तथा अन्तर्राष्‍ट्रिय स्तरका खेलकुद प्रतियोगिता आयोजना गर्न जोड दिने पनि सरकारले घोषणा गरेको छ।

प्रकाशित मिति : ५ जेष्ठ २०८०, शुक्रबार  २ : १५ बजे