१५ माघ २०८२, बुधबार | Wed Jan 28 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कला / साहित्य


स्रष्टा खेमनाथ दाहालको उपन्यास कृति ‘अहोरात्र’ लोकार्पण



 

७ जेठ । राजधानीमा स्रष्टा खेमनाथ दाहालको उपन्यास कृति ‘अहोरात्र’ लोकार्पण गरिएको छ ।
मिलाप पब्लिकेशनको आयोजनामा दाहालको पछिल्लो कृति अहोरात्र’ लोकार्पण गरिएको हो ।


लेखक, इतिहासकार एवं पूर्वराजदूत निरन्जनमान सिंह बस्न्यात,साहित्यकारहरु खेम कोइराला बन्धु, प्रा.पुरुषोत्तम दाहाल, राधेश्याम लेकाली, श्रीओम श्रेष्ठ रोदन, खेमनाथ दाहाल उषा दाहाल, रमेश दाहाल, कृष्ण भुसाललगायतले कृतिको लोकार्पण गरेका हुन् ।
कृतिमाथि समालोचक डा शान्तिमाया गिरीले धेरै कृति आजकल कवाडीमा बिक्रि प्रकाशन भइरहेको दन्दर्भ उल्येख गर्दै ५० बर्षे साहित्य साधना गरेका दाहालको कृति राम्रो रहेको बताइन् ।


स्रष्टा समाजका अध्यक्ष श्रीओम रोदनले चल्तीका साहित्यकारहरुको सञ्चारमाध्यमहरुमा पहुँचकै आधारमा किताव बिक्रि गरिरहेको र दाहालको किताव तत्काल बिक्ने नभई लामो समयसम्म टिक्ने किताव भएको टिप्पणी गरे ।
कलकारका एवं साहित्यकार लय संग्रौलाले उपन्यास असाधारण कृति रहेको धारणा राखे ।


कार्यक्रममा साहित्यकार हरिभक्त सिग्देल, साहित्यकार एवं पत्रकार विनोद दाहाल, राजेश खनाल, कलाकार संघका अध्यक्ष मोहन निरौला, गीतकार संघका अध्यक्ष वसन्त वित्यासी थापा, वरिष्ठ कलाकार उत्तम केसी, साहित्यकार इञ्जिनियर लेखनाथ पोख्रेल, साहित्यकार गणेश सुवेदी, रम्भा गजुरेल, निरञ्जन वस्न्यात, कृष्ण बाउसे, जीवन पोख्रेललगायतका विशिष्ट व्यक्तित्वहरू एवं सञ्चारकर्मीको बाक्लो उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : ७ जेष्ठ २०८०, आइतबार  ८ : ५६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।