८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


लक्ष्मी बैंक र सनराईज बैंकबीच मर्जर सम्झौता



 

८ जेठ । लक्ष्मी बैंक लिमिटेड र सनराईज बैंकबीच मर्जरको अन्तिम सम्झौता भएको छ । आज एक कार्यक्रमका बीच दुई बैंकको मर्जरको अन्तिम सम्झौता भएको हो ।

ड्यु डिलिजेन्स अडिटरको प्रतिवेदनका आधारमा दुवै बैंक १ः१ को स्वाप रेसियोमा मर्ज हुनेछन् । मर्ज भएपछि बन्ने संस्थाको नाम लक्ष्मी सनराईज बैंक लिमिटेड हुनेछ ।

लक्ष्मी बैंकका हालका प्रमुख कार्यकारी अधिकृत अजयविक्रम शाह मर्जरपछि बन्ने बैंकको प्रमुख कार्यकारी अधिकृत हुुनेछ भने बैंक गाभिएपछि बन्ने बैंकको सञ्चालक समितिको प्रथम बैठकले सञ्चालक समितिको अध्यक्षको चयन गर्नेछ ।

दुवै बैंकको साधारणसभाले मर्जरको निर्णण पारित गरेपछि नेपाल राष्ट्र बैंक र कम्पनी रजिष्ट्रारको कार्यालयबाट स्वीकृति पाएपछि एकीकृत कारोबार सुरु हुनेछ । सबै प्रक्रिया पूरा गरेर आगामी असार मसान्तभित्रै एकीकृत कारोबार सुरु गर्ने लक्ष्य रहेको जनाइएको छ ।

यसअघि गत पुस २५ गते लक्ष्मी बैंकका अध्यक्ष रमण नेपाल र सनराईज बैंकका अध्यक्ष मोतीलाल दुगडले मर्जरका लागि प्रारम्भिक सम्झौतामा हस्ताक्षर गरेका थिए । संयुक्त मर्जर समितिमा लक्ष्मी बैंकका तर्फबाट सञ्चालक डा मनिष थापा र स्वति रुङ्गटा तथा सनराईज बैंकको तर्फबाट सञ्चालकहरू शारदा शर्मा र दीपक नेपाल रहेक छन् ।

प्रकाशित मिति : ८ जेष्ठ २०८०, सोमबार  ४ : ३६ बजे