८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


टिकाथलीकी युवती बलत्कृत : थापा पक्राउ



महिलालाई बलत्कार(जबरजस्ती करणी) गरेको अभियोगमा काठमाडौं तारकेश्वर नगरपालिका ५ गोलढुङ्गा बस्ने ३५ वर्षीय आशीष थापालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ

८ जेठ । ललितपुरको टिकाथलीकी युवतीलाई बलत्कार गरेको अभियोगमा झण्डै तीन महिनापछि एक युवक पक्राउ परेका छन् ।
२८ वर्षीया ती महिलालाई बलत्कार(जबरजस्ती करणी) गरेको अभियोगमा काठमाडौं तारकेश्वर नगरपालिका ५ गोलढुङ्गा बस्ने ३५ वर्षीय आशीष थापालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
थापाले ती महिलालाई २०७९ फागुन १२ गते राति ललितपुर टिकाथलीस्थित पीडितकै कोठामा जबरजस्ती करणी गरेको उजुरीको आधारमा प्रहरी वृत्त सादोबाटोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

प्रकाशित मिति : ८ जेष्ठ २०८०, सोमबार  ५ : ५७ बजे