१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


चापागाँउको जीवनेश्वर मन्दिरमा दुर्लभ करोड दिप प्रज्वलन हुँदै



१३ जेठ । ललितपुरको चापागाँउ न्यौपाने गाउँमा रहेको जीवनेश्वर मन्दिर परिषरमा विश्व शान्ति र पितृ मोक्षका लागि जारी सप्ताह महायज्ञमा एक करोड करोड दिप प्रज्वलन गरिने भएको छ ।
गोदावरी नगरपालिका १० मा अवस्थित जीवनेश्वर मन्दिर समितीको आयोजनामा आज शनिबार करोड बत्ति बाल्न लागिएको हो । दुर्लभ मानिएको करोड करोड दिप प्रज्वलनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको समितीका अध्यक्ष अर्चना न्यौपानेले जानकारी दिएकी छिन् ।
गतआइतबारबाट जारी महायज्ञमा पछिल्लो समय भक्तजनको भीड छ । शनिबार नगरपरिक्रमा सहित कलश यात्रा गरेर यो अनुष्ठान सुरु भएको थियो ।
आज शनिबार दिउँसो १ बजे करोड दिप प्रज्वलनको तयारी रहेको प्रचार कमिटी संयोजक नवीन लुईटेलले जानकारी दिए । उनका अनुसार ब्रम्हा विष्णु महेश्वरको पूजा गरेपछि करोड दिप प्रज्वलन संकल्प गरिनेछ ।
शुक्रबारै ४ सय वटा पालामा प्रति पाला २५ हजार बत्ति भिजाएर दिप प्रज्वलनका लागि तयारी अवस्थामा राखिएको छ । करोड दिप प्रज्वलनपछि भागवतको तिल चढाउने कार्यक्रम राखिएको छ ।

 

 

 

प्रकाशित मिति : १३ जेष्ठ २०८०, शनिबार  १ : ३५ बजे