१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौँ उपत्यकाको आकाशमा बादल, वर्षाको सम्भावना



२२ जेठ । राजधानी काठमाडौँ उपत्यकाको आकाशमा बादल लागेको छ । काठमाडौँको तापक्रम बढेपनि पछिल्लो दुई दिनको तुलनामा गर्मी केही कम महशुस गरिएको छ । महाशाखाको विवरमा आज काठमाडौँको न्यूनतम १८ र अधिकतम तापक्रम ३२ डिग्री सेल्सियस रहेको छ ।
पश्चिम नेपालमा पछिल्लो समय मौसम बदली भएसँगै बर्षाको सम्भावना बढेको हो ।

पश्चिम नेपालमा बदली, वर्षाको सम्भावना
२२ जेठ । सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली भएको छ ।
पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले देशका अधिकांश स्थानमा बदली रहनुका साथै पहाडी भेगका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरुमा तथा देशका बाँकी पहाडी भू–भागका एक दुई स्थानमा मेघ गर्जन÷चट्याङ्गसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ ।

रातिको समयमा कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागका एक दुई स्थानमा मेघ गर्जन÷चट्याङ्गसहित क्षणिक वा हल्का वर्षाको सम्भावना छ ।
महाशाखाका अनुसार एकसातादेखि देशका अधिकांश भू–भागको तापक्रम वृद्धि भएकाले गर्मी बढेको छ । तराईका अधिकांश भू–भागमा तापक्रम लू चलिरहेको छ । वर्षा नहुँदा सुक्खापन चलेकाले तापक्रम बढेर लू चलेको मौसमविद्हरुको भनाइ छ ।

प्रकाशित मिति : २२ जेष्ठ २०८०, सोमबार  ६ : ४९ बजे