२३ आश्विन २०८३, शुक्रबार | Fri Oct 9 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


छात्रवृत्ति नदिने ३४२ निजी विद्यालयको सूची सार्वजनिक, अनुमति रद्द गर्ने चेतावनी



२३ जेठ । काठमाडौं महानगरपालिकाले नियम अनुसार छात्रवृत्ति उपलब्ध गराउन अटेर गर्ने विद्यालयको सूची सार्वजनिक गरेको छ।

एक सूचना प्रकाशन गर्दै महानगरले छात्रवृत्तिको विवरण उपलब्ध नगराउने विद्यालयमाथि कारबाही प्रक्रिया अघि बढाउने बताएको छ । ती विद्यालयलाई जेठ २८ गतेभित्र छात्रवृत्ति उपलब्ध गराएको विवरण पठाउन र प्रकाशित गर्न अन्तिम समयसीमा महानगरले दिएको छ।

जेठ २८ गतेसम्म पनि विवरण नबुझाएमा काठमाडौँ महानगरपालिका शिक्षा ऐन, २०७५ को दफा ५६ को उपदफा ४ अनुसार विद्यालयलाई प्रदान गरिएको अनुमति वा स्वीकृति रद्द अथवा प्रचलित कानून बमोजिम हदैसम्मको कारबाही गर्ने जानकारी पनि दिएको छ।

प्रकाशित मिति : २३ जेष्ठ २०८०, मंगलबार  ७ : ३५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।