५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


भोटाहिटीमा रहेको आरके मिठाई पसलमा ताला महानगरको ताला



२३ जेठ । काठमाडौं महानगरपालिकाले गोदाममा सञ्चालित मिठाइ पसलमा ताला लगाएको छ। नगर प्रहरी बलले काठमाडौं महानगर–२७ भोटाहिटीमा रहेको आरके मिठाई पसलमा ताला लगाएको हो।
नक्सामा गोदाम भनी राखिएको उक्त स्थानमा मिठाई पसल सञ्चालन गरिएकाले महानगरले ताला लगाएको हो। केही दिन पहिले पनि नगर प्रहरीले बन्द गराएको थियो। तर, पसल धनीले अटेरी गरी पुनः सञ्चालन गरेको पाइएपछि जनप्रतिनिधिको रोहबरमा नगर प्रहरीले पुनः ताला लगाएको हो।

प्रकाशित मिति : २३ जेष्ठ २०८०, मंगलबार  ११ : २४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।