१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंको ठमेलमा एक युवतीको हत्या



२४ जेठ । काठमाडौंको ठमेलमा एक युवतीको हत्या भएको छ ।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका २६ ठमेल भगवतीवहाल डेरा गरी बस्ने चितवन राप्ती नगरपालिका ७ घर भएकी २६ वर्षीया जेनिशा तामाङको हत्या भएको हो । ठमेल डेरा गरी बस्ने काभ्रे धुलिखेल नगरपालिका १० घर भएका ३० वर्षीय अमर रञ्जितकारलाई उनको हत्या अभियोगमामंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
उनीहरूवीच आपसी विवाद भई झै झगडापछि कुटपिट भएको बताइएको छ । घटनापछि गम्भीर घाइते भएकी जेनिशाको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको थियो । तामाङको मृत्यु भएपछि प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न रञ्जितकारलाई पक्राउ गरेको हो ।
घटनाका सम्बन्धनमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २४ जेष्ठ २०८०, बुधबार  ६ : ०१ बजे