९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


प्रिन्स र रसिला एसियन गेम्सका लागि छनोट



 

२८ जेठ । प्रिन्स दाहाल र रसिला महर्जन यसै वर्षको सेप्टेम्बरमा चीनको गोङ्गजाउमा आयोजना हुने १९औँ एसियन गेम्सका लागि छनोट भएका छन् ।

नेपाल ब्याडमिन्टन सङ्घले निर्धारित दुई पुरुष र दुई महिलाका लागि देवीनगर ब्याडमिन्टन क्लबमा आयोजना गरेको छनोट प्रतियोगिताबाट दाहाल र महर्जनसहित सुनिल जोशी र जेशिका गुरुङ छनोट भएका छन् ।

वैकल्पिक खेलाडीमा पुरुषतर्फ विष्णु कटुवाल र महिलातर्फ अनुमाया राई छनोट भएका छन् । चारै खेलाडीको एसियन गेम्सको यात्रा पहिलो हो । एसियन गेम्समा ब्याडमिन्टनको उपलब्धिलाई हेर्ने हो भने पुरुष टिम इभेन्टसमा क्वाटर फाइनलसम्मको यात्रा तय गरेको छ ।

छनोट हुन सफल खेलाडीहरुको मनोबल उच्च पार्ने क्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङले खेलाडीहरुलाई खादा लगाएर राम्रो नतिजा प्राप्त गर्न शुभकामना दिएका छन् ।

त्यसैगरी आजै टेनिस खेलको अन्तिम छनोटमा चार खेलाडी छनोट भएका छ्न् । सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा नेपाल टेनिस सङ्घले आयोजना गरेको उक्त प्रतियोगिताबाट पुरुष र महिलामा समान २–२ गरी चार खेलाडी छनोट भएका हुन् ।

पुरुषमा अभिषेक बाँस्तोला र प्रदीप खड्का तथा महिलामा अभिलाषा विष्ट र माहिका राणा क्रमशः शीर्ष दुईमा रहँदै एसियाड सहभागिताका लागि निश्चित भए ।

प्रकाशित मिति : २८ जेष्ठ २०८०, आइतबार  ४ : १५ बजे