५ पुस २०८२, शनिबार | Sat Dec 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


फर्जी आवेदन भेटिएपछि घोराही सिमेन्टको आईपीओ स्थगित



४ असार । फर्जी आवेदन भेटिएपछि नेपाल धितोपत्र बोर्डले घोराही सिमेन्टको आईपीओ प्रक्रिया रोक्ने निर्णय गरेको छ ।

एक करोड २० लाख कित्ता फर्जी आवेदन भेटिएपछि घोराही सिमेन्टको आईपीओ स्थगन गरिएको बोर्डले जनाएको छ । गुनासो आउने क्रम बढेपछि इस्यु म्यानेजर हिमालयन क्यापिटललाई पत्र पठाएर प्रक्रिया स्थग‍न गर्न लगाएको बोर्डका अध्यक्ष रमेश हमालले जानकारी दिए ।

यसअघि आईपीओमा झुटा आवेदन परेको देखिएपछि सीडीएस एन्ड क्लियरिङ लिमिटेडले नेपाल धितोपत्र बोर्डलाई जानकारी गराएको थियो ।

घोराही सिमेन्टको आईपीओमा एक करोड २० लाख कित्ताभन्दा बढी फर्जी आवदेन परेको छ । फर्जीमध्ये नाै जनाले १० लाख कित्ताका दरले दिएको ९० लाख कित्ता छ । घोराही सिमेन्टले फर्जी आवेदन देखाएर कम्पनीको आईपीओमा धेरै मानिसको आकर्षण देखाउन खोजेको आरोप लागेको छ । घोराही सिमेन्टले चार सय ३५ रुपैयाँ प्रतिकित्ताका दरले प्रिमियम आईपीओ जारी गरेको थियो ।

प्रकाशित मिति : ४ असार २०८०, सोमबार  १२ : १७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।