९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


नेपाल पाकिस्तान ‘ए’सँग पराजित



२९ असार । एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कप प्रतियोगितामा नेपाल पाकिस्तान ‘ए’सँग पराजित भएको छ । श्रीलंकाको कोलम्बो क्रिकेट क्लबको मैदानमा भएको खेलमा नेपाल पाकिस्तान ‘ए’सँग ४ विकेटले पराजित भएको हो ।

नेपालले दिएको १ सय ८० रनको लक्ष्य पाकिस्तान ‘ए’ले ३२ दशमलब ५ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो ।

पाकिस्तान ‘ए’का लागि तैयव ताहिरले ५१ रनको अर्धशतकीय इनिङ खेले । कमरान गुलामले ३१ रन बनाए । नेपालका लागि ललित राजवंशीले ३ तथा पवन सर्राफले २ विकेट लिए । कुशल मल्लले १ विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपाल ३७ ओभरमा अलआउट हुँदै १ सय ७९ रन मात्र बनाएको थियो । नेपालका लागि सोमपाल कामीले ७५ रनको अर्धशतकीय ईनिङ खेले । प्रतिश जिशीले २६ रन बनाए । अर्जुन साउद तथा कुशल मल्लले समान १७-१७ रन बनाए ।

पाकिस्तान ‘ए’का लागि शाहनवाज दहानीले ५ तथा मोहम्मद वासिम जुनियरले ४ विकेट लिए । मुबासिर खानले १ विकेट लिए ।

नेपालले दोस्रो खेलमा सोमबार भारत ‘ए’सँग खेल्नेछ । नेपालले समूह चरणको अन्तिम खेलमा बुधबार यूएई ‘ए’सँग खेल्नेछ ।

प्रकाशित मिति : २९ असार २०८०, शुक्रबार  १० : २५ बजे