२९ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कला / साहित्य


चिजकुमारको पुस्तक ‘यात्रा आफै भित्र’ सार्वजनिक



काठमाडौं
३१ असार । चिज कुमार श्रेष्ठको पुस्तक “यात्रा आफै भित्र“ सार्वजनिक भएको छ । राजधानीमा काँग्रेस महामन्त्री विश्वप्रकास शर्माले पुस्तक बिमोचन गरेका छन् ।

महामन्त्री शर्माले चिजकुमारलाई काङ्ग्रेस नेता तथा साहित्यकार बिपी कोइराला सङ दाज्दै राजनितीसँगै साहित्यमा कदम चालेकोमा उनको प्रशंसा गरे । बिपी नेताभन्दा साहित्यकार धेरै लाग्ने भन्दै चिज पनि नेता साहित्यकारसँगै अझ बडी पारिवारिक ब्यक्तित्व भएको चर्चा गरे । उनले श्रेष्ठसंग का समय र उनको योगदानको चर्भा गरे ।

साहित्यकार नवराज लम्सालले चिज कुमारसंग जोडिएको उनको ब्यक्तिगत जीवनको तितोपना पोखे । पटक पटक रेडियो नेपालमा नाम निकाल्दा पनि अन्तर्वार्तामा फालिनुको पीडा माथि चिजकुमारको ब्यक्ती भएर २२ बर्षपछि समेत “त्यो चिजको मान्छे हो, उस्लाई नदिनु“ भनेर एक सस्थाको उम्मेदवारी नै फिर्ता गर्नु परेको अवस्था सम्झिए ।

श्रेष्ठले ’यात्रा’ सिनेमा समेत निर्माण गरेका छन । लामो राजनितिक यात्रा सङै उनले यस अघि नै राष्ट्रिय गीत,“त्यही सच्चा नेपाली“ सार्वजनिक गरेका थिए ।
आफ्ना अनुभवलाई पुस्तकको रुप दिदै उनले साहित्य यात्राको ठूलो फड्को मारेका हुन ।

प्रकाशित मिति : ३१ असार २०८०, आइतबार  ३ : ५३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।