३१ काठमाडौं । इन्डियन आयल कर्पोरेसन (आइओसी) ले डिजेल र पेट्रोलको नयाँ मूल्यसूची पठाएको छ।
नेपाल आयल निगमलाई पठाइएको नयाँ मूल्यसूची अनुसार पेट्रोलको मूल्य प्रतिलिटर ३४ पैसा घटेर आएको छ भने डिजेलको मूल्य दुई रुपैयाँ ४७ पैसा बढेर आएको छ।
आइओसीले महिनामा दुईपटक नयाँ मूल्यसूची निगमलाई पठाउने गरेको छ।
प्रत्येक १६ तारिखमा पेट्रोल र डिजेलको मूल्यसूची पठाउँछ भने १ तारिखमा हवाई इन्धन, पेट्रोल, डिजेल, मट्टीतेल र ग्यासको मूल्यसूची पठाउने गरेको छ।
प्रतिक्रिया