१ साउन । सरकारले पेट्रोलियम पदार्थमा स्वचालित मुल्य प्रणाली लागु गरेसँगै सार्वजनिक यातायातको भाडा पनि घटाएको छ । स्वचालित प्रणालीले डिजेल र पेट्रोलको मूल्य घटाएलगत्तै यातायात ब्यवस्था विभागले पनि भाडा समायोजन गरेको हो ।
स्वचालित प्रणालीअनुसार डिजेलमा ४ र पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ घटेको थियो । त्यसैलाई आधार बनाएर यातायात ब्यवस्था विभागले यात्रुबहाक सवारी साधनमा २.१३ प्रतिशत भाडा घटाएको छ । मालबहाक सवारीमा पहाडमा २.७८ र तराईमा ३.०९ प्रतिशतले भाडा घटेको छ ।
प्रतिक्रिया