२४ असार २०८३, बुधबार | Wed Jul 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


नयाँ उचाइमा सुनको मूल्य



४ साउन । सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ। बिहीबार ५ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १३ हजार ६०० रुपैयाँमा सुनको कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यसअघि सुनको मूल्य गत जेठ १९ गते तोलामा १ लाख १३ हजार ३०० रुपैयाँ पुगेको थियो। बुधबार सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेर १ लाख १३ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।

बिहीबार चाँदीको मूल्य प्रतितोला १४ सय ९५ रुपैयाँ पुगेको छ। यो बुधबारको मूल्यभन्दा ५ रुपैयाँ बढी हो। बुधबार प्रतितोला १४ सय ९० रुपैयाँमा चाँदीको कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बिहीबार प्रतिऔंस १९७९.८२ डलरमा कारोबार भइरहेको छ। बुधबार प्रतिऔंस १९७४.४४ डलर कायम थियो।

चाँदी बुधबार प्रतिऔंस २४.९९ डलर रहेकोमा बिहीबार २५.१ डलर कायम छ।

 

प्रकाशित मिति : ४ श्रावण २०८०, बिहिबार  ८ : ०४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।