४ साउन । भारतले चामल निर्यातमा राेक लगाएको छ । भारतको विदेश व्यापार महानिर्देशनालयले एक सूचना जारी गर्दै गैरबासमती सबै प्रकारका सेतो चामल निर्यातमा राेक लगाएको हो । धान उत्पादन क्षेत्रमा वर्षाको कमीपछि उत्पादन घट्ने प्रक्षेपणले भारतमा चामलको मूल्य बढ्न थालेसँगै सरकारले निर्यातमा राेक लगाएको हाे ।
आर्थिक वर्ष २०७९/८० को ११ महिनामा मात्रै नेपालले भारतबाट १४ अर्ब ४४ करोड रुपैयाँ बराबरको २० करोड ८९ लाख किलो मात्रै चामल आयात गरेको थियो ।
४ श्रावण २०८०, बिहिबार
96
Shares
प्रतिक्रिया