१४ असार २०८३, आइतबार | Sun Jun 28 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अपराध


सय किलो सुन प्रकरण : रेडी ट्रेडको गोदामबाट बरामद अधिकांश कार्टुन खोलिएको फेला



ती कार्टुनहरू साउन ३ गते सिनामङ्गलबाट ‘ब्रेक शु’ भित्र लुकाएर ल्याएको सुनको कार्टुनको आकारका कार्टुनहरू थिए

११ साउन । राजस्व अनुसन्धान विभागको टोलीले हिजो काठमाडौँको सोह्रखुट्टेस्थित रेडी ट्रेडको गोदामबाट बरामद गरेको ६६ कार्टुनमध्ये धेरै कार्टुन खोलिएको फेला परेको छ।

विभागले सुन लुकाएको आशङ्कामा गोदाममा छापा मारेर ती कार्टुन बरामद गरेको थियो। ती कार्टुनहरू साउन ३ गते सिनामङ्गलबाट ‘ब्रेक शु’ भित्र लुकाएर ल्याएको सुनको कार्टुनको आकारका कार्टुनहरू थिए।

‘हेर्दा धेरै कार्टुनहरू खोलिएको फेला परेको छ, यद्यपि अन्य विषयमा भने अनुसन्धान टोलीले अनुसन्धान गरिरहेको छ’, विभागका सूचना अधिकारी नवराज अधिकारीले जानकारी दिए।

यही साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालय अगाडिबाट बरामद गरिएको झण्डै सय किलो सुन त्यही रेडी ट्रेड प्रालिको नाममा आएको थियो।

विभागले अन्य शंकास्पद क्षेत्रमा पनि छापा मार्ने र संलग्नको आशङ्का गरिएको व्यक्ति खोजि गरिरहेको जनाइएको छ। विभागले उक्त सुन प्रकरणमा १७ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ। बरामद गरिएको सुन भने राष्ट्र बैंकको टक्सार महाशाखामा राखिएको छ।

प्रकाशित मिति : ११ श्रावण २०८०, बिहिबार  ४ : ३९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।