४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अपराध


काठमाडौंबाट हराएका १३ मोटरसाइकल र आठवटा स्कुटर धनीलाइ प्रहरीद्वारा खोजेर फिर्ता



१६ साउन । विभिन्न मितिमा हराएका २१ दुई पाङ्ग्रे सवारीसाधन खोजी गरी काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले धनीलाई हस्तान्तरण गरेको छ ।
रामशाहपथस्थित काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा सोमबार एक कार्यक्रम गरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले १३ मोटरसाइकल र आठवटा स्कुटर धनीलाई हस्तान्तरण गरेका हुन् ।
यो सँगै साउन महिनामा २९ वटा सवारीसाधन धनीलाई जिम्मा लगाइसकेको प्रहरी वरिष्ठ उपरीक्षक भट्टले बताएका छन् । यस्तै चोरीको मोटरसाइकलसहित साउन १२ गते काठमाडौंको तारकेश्वर नगरपालिका ५ गुम्बाबाट नियन्त्रणमा आएका एक जनालाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि प्रहरी वृत्त बालाजु पठाइएको छ ।
सवारीसाधन चोरी हुन तथा हराउनबाट जोगाउन आफ्नो सवारीसाधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लकलगायत सुरक्षा साइरन जडान गर्नुका साथै मानिसको आवतजावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न अनुरोध गरिएको छ ।
सवारीसाधन हराएमा ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३, नेपाल प्रहरीको हटलाइन नम्बर १०० मा फोन गर्न र नजिकको प्रहरी कार्यालयमा निवेदन दिन सकिने छ ।

 

प्रकाशित मिति : १६ श्रावण २०८०, मंगलबार  २ : २२ बजे