२२ माघ २०८२, बुधबार | Wed Feb 4 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


भारतबाट बढेर आयो डिजेल, पेट्रोल र मट्टितेलको मूल्य



१६ साउन । भारतले पेट्रोलियम पदार्थको मूख्य बढाएर पठाएको छ। भारतीय आयल कर्पोरेसन (आईओसी)ले इन्धनको नयाँ मूल्यसूचीमा डिजेल, पेट्रोल, मट्टितेल र हवाई इन्धनको मूल्य बढाएर पठाएको हो । यस्तै, खाना बनाउने ग्यासको मूल्य भने घटेर आएको छ।

नयाँ मूल्यसूची अनुसार पेट्रोलमा प्रतिलिटर ७ रुपैयाँ ८७ पैसा, डिजेलमा ६ रुपैयाँ ६१ पैसाले बढेर आएको नेपाल आयल निगमले जनाएको छ। यस्तै, मट्टितेलमा ७ रुपैयाँ ५० पैसा र हवाई इन्धन ८ रुपैयाँ बढेर आएको छ।

निगमका अनुसार एलपी ग्यासको मूल्य भने प्रतिसिलिन्डर करिब एक सय रुपैयाँ घटेर आएको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेकाले पनि प्रशोधित तेलको मूल्य बढेको हो।

निगमले पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू गरेकाले अब डिजेल, पेट्रोल र मट्टितेलको मूल्य बढ्दा खाना पकाउने ग्यासको मूल्य घट्ने छ। आईओसीले हरेक १५ दिनमा पेट्रोलियम पदार्थको मूल्यसूची पठाउँछ।

प्रकाशित मिति : १६ श्रावण २०८०, मंगलबार  ११ : ०४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।