२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


न्यूरोडमा ८ तलाबाट हाम फालेपछि व्यापारीको मृत्यु



१७ साउन । काठमाडौँको न्यूरोडमा एक व्यापारीले ८ तला माथिबाट हामफालेका छन् । ५५ वर्षीय संजय गुप्ताले आफ्नै घरको आठौं तलाबाट हामफालेका हुन् ।
काठमाडौँ महानगरपालिका वडा नम्बर २५ मासागल्लीस्थित घरको छतबाट हामफालेका उनलाई उपचार गर्न लैजाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

वीर अस्पतालका चिकित्सकहरुले उनलाई मृत घोषणा गरेका छन् । उनी कपडाको व्यापार गर्दै आएका थिए ।

प्रकाशित मिति : १७ श्रावण २०८०, बुधबार  १ : ३५ बजे