४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अपराध


महिलाको भिडियो पेर्न साइटमा राख्ने प्रकाश विकलाई प्रहरीले मलेसियाबाट इन्टरपोलमार्फत नेपाल ल्यायो



१७ साउन । महिलालाई प्रेम सम्बन्धमा पारेर अश्लील भिडियो खिच्दै पोर्न साइटमा राख्ने एक युवकलाई प्रहरीले इन्टरपोलबमार्फत रेड कर्नर नोटिस जारी गर्दै मलेशियाबाट पक्राउ गरेर नेपाल ल्याएको छ ।
प्रहरीका अनुसार म्याग्दी साविक अर्मन २ ठेगाना भएका २७ वर्षीय प्रकाश बिकलाई मलेशियाबाट सोमबार नेपाल फिर्ता ल्याइएको हो ।
एक पीडित महिलासँग चिनजान गरी प्रेम सम्बन्धमा रहेको बखत विभिन्न बहानामा नग्न हुन बाध्य बनाइ खिचेका थिए । ती तस्विर र भिडियो सामाजिक सञ्जाल फेसबुकमा अपलोड राख्ने र गरेको पिडितको भनाई छ । उनले ती तस्विर र भिडियोहरु पीडितको आफन्तलाई पठाइदिने गरेका थिए । पीडितले आफ्नो फेसबुक एकाउन्ट डिएक्टिभ गरेपछि उनकैे नाममा फेक एकाउन्ट बनाई ती सामग्री पोर्न साइटमा समेत अपलोड गरी चरित्र हत्या गरेको आरोप छ । उनलाई साइबर अपराध मुद्दामा जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति जारी भएका बिकलाई नेपाल प्रहरी प्रधान कार्यालय ईन्टरपोल शाखाले ईन्टरपोल मलेशियासँग समन्वयमा नेपाल ल्याई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएको हो ।
बिक वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा थिए । साइबर ब्यूरो भोटाहिटीबाट अनुरोध प्राप्त भएबमोजिम बिकविरुद्ध अन्तर्राष्ट्रियस्तरमा खोजतलासको लागि नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाको अनुरोधमा २०७८ माघ २४ गते ईन्टरपोल महासचिवालयबाट रेड कर्नर नोटिस जारी गरिएको थियो ।
बिकलाई आवश्यक कानुनी कारबाहीका लागि साइबर व्यूरो भोटाहिटीमा बुझाइएको इन्टरपोल शाखाले जनाएको छ ।

प्रकाशित मिति : १७ श्रावण २०८०, बुधबार  २ : ३१ बजे