२१ बैशाख २०८१, शुक्रबार | Sat May 4 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


ललितपुर, भक्तपुर र काठमाडौंमा लम्की स्किनविरुद्ध खोप, आवेदन माग्दै सरकार



ललितखबर
१७ साउन । पशुमा लम्की स्किन महामारी फैलिएसँगै सरकारले राजधानीका तीनै जिल्लामा खोप अभियान चलाउने भएको छ ।
आगामी मंगलबारबाट सुरु हुने एक हप्ते अभियान अभियान साउन २९ गतेसम्म जारी रहनेछ । पशुपञ्छीमा लाग्ने संक्रामक रोगहरु एल.एस.डी,एच.एस, वि.क्यु., पि.पि.आर., क्लासिकल स्वाइन फिवर र रानीखेत लगायत रोग निवारणका लागि सरकारले खोप अभियान सुरु गर्न लागेको हो ।
खोपका लागि आवेदन माग्दै
खोप सञ्चालनका लागि सरकारले आवेदन मागेको छ । ग्रामिण पशु स्वास्थ्य कार्यकर्ता, भेटेनरी जेटिए, जेटि,जेटिए वा भेटेनरी विषयमा औपचारिक शिक्षा हासिल गरेका उम्मेदवारहरुले खोप अभियानमा सहभागी हुन आवेदन दिन सक्नेछन् । बरिष्ठ पशु विकाश अधिकृत डा.रामप्रकाश प्रधानका अनुसार यही विहीबारसम्म आवेदन लिने र आइतबार अभिमुखीकरण कार्यक्रमपछि उम्मेदवारहरुलाई फिल्डमा खटाउने कार्यक्रम छ ।
अभियानका क्रममा घर घर पुगेर हरेक पशुमा खोप दिने कार्यक्रम रहेको बरिष्ठ पशु विकाश अधिकृत डा. प्रधान बताउछन् । खोप दिने अभिकर्ताले सात दिन मात्रै रोजगारी पाउछन् । एउटा पशुलाई खोप लगाएपावत सरकारले २० रुपैयाँ पारिश्रमिक दिने सारकारको योजना छ ।

प्रकाशित मिति : १७ श्रावण २०८०, बुधबार  ४ : ४२ बजे