५ जेष्ठ २०८३, मंगलबार | Wed May 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौं उपत्यकामा बाढी पहिरोः १७ जनाको उद्धार



२३ साउन । काठमाडौं उपत्यकामा बाढी-पहिरोबाट प्रभावित भएका १७ जनाको उद्धार गरिएको छ। काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता तथा एसएसपी दिनेशराज मैनालीले उपत्यकाको विभिन्न ठाउँबाट १७ जनाको उद्धार गरिएको बताए।

गएरातिदेखि परेको पानीका कारण काठमाडौं उपत्काका विभिन्न ठाउँहरु डुबानमा परेका छन्। नदी किनारका बस्तीहरु डुबानमा पर्दा ठूलो भौतिक क्षति भएको छ। प्रहरीले अहिले पनि उद्धार कार्य जारी राखेको छ।

कागेश्वरी मनोहरा नगरपालिका–७ मा पहिरोका कारण टहरा भत्किएको छ। टहरा भत्किँदा १६ वर्षीया किशोरी घाइते भएकी छन्। उनको उद्धार गरी केएमसी अस्पतालमा उपचारका लागि पठाइएको एसएसपी मैनालीले बताए।

बागमती किनारको सुन्दरीघाट सुकुम्बासी बस्तीबाट ११ जनाको उद्धार गरिएको मैनालीले बताए। मुलपानी पिपलबोटमा अलपत्र परेका एक जनाको उद्धार गरिएको छ।

त्रिपुरेश्वर नदी किनारबाट २ जनाको उद्धार गरिएको छ। जसमध्ये घाइते एक जनालाई उपचारका लागि ट्रमा सेन्टर पठाइएको छ। भक्तपुरको हनुमन्ते खोलामा फसेका ३ जनाको उद्धार गरिएको छ भने ललितपुरस्थित सानेपा पुलमुनिबाट जेसीबी चालकको उद्धार गरिएको छ। भक्तपुरको चाँगुनारायण सम्थलीमा एक घर भत्किएको छ।

प्रकाशित मिति : २३ श्रावण २०८०, मंगलबार  ७ : ३४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।