२४ साउन । मदन पुरस्कार २०७९ का लागि पाँच उत्कृष्ट पुस्तक छनौट भएका छन् ।
मदन पुरस्कार गुठीले ३ सय १३ कृतिमध्ये पाँच उत्कृष्ट कृति छनौट गरेर सार्वजनिक गरेको हो ।
गुठीका अध्यक्ष कुन्द दीक्षितका अनुसार प्राप्त कुल यी पाँचमध्ये एकले सर्वश्रेष्ठ कृतिको रूपमा २०७९ सालको मदन पुरस्कार प्राप्त गने बताए ।
छनौटमा परेका पुस्तकहरूमा सुविन भट्टराईको इजोरिया, विवेक ओझाको ऐँठान, द्वारिकानाथ ढुंगेलको चक्रब्यूहमा नेपालको जलस्रोत, प्रगति राईको थाङ्ग्रा र सञ्जय विष्टको माटाको घर रहेका छन् ।
वि.सं. २०१२ सालमा स्थापना भएको गुठीले चार लाख रूपैयाँ सहित पुरस्कृत गर्ने गरेको छ । नेपाली साहित्य विद्यामा मदन पुरस्कार प्राप्त गर्नुलाई प्रतिष्ठाको रुपमा लिइन्छ ।
प्रतिक्रिया