२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


गुटशट स्नुकर टुर्नामेन्ट २०२३ को उपाधि विजेता बने लाक्पा छिरीङ शेर्पा



२४ साउन । ‘गुटशट स्नुकर टुर्नामेन्ट–२०२३’ को लाक्पा छिरीङ शेर्पाले प्रथम स्थान हासिल गरेका छन् । खेलमा वाङदी शेर्पा र शक्ति राइ द्वितीय र तृतीय भएका छन् । बिजेताहरुले क्रमशः २५, १५ र १० हजार सहित शिल्ड र मेडल समेत प्राप्त गरका छन् ।
काठमाडौंको कपनस्थित गुटशट स्नुकर एण्ड रेष्टुरेन्ट द्धारा ‘स्नुकर टुर्नामेन्ट टुर्नामेन्ट–२०२३’ आयोजना गरिएको थियो । टुर्नामेन्टमा २८ जना स्नुकर खेलाडीहरुको सहभागिता रहेको आयोजक लाक्पाडेण्डी शेपाले जानकारी दिए ।
खेलमा नयाँ अनुभव र खेलाडीहरु बीच एकअर्कामा परिचयात्मक गर्ने उद्धेश्यले टुर्नामेन्ट आयोजना गरेको बताइएको छ । इन्डोर गेमतर्फ विश्वव्यापीरुपमा ख्याती आर्जन गरेको स्नुकरप्रति युवा खेलाडीको अभिरुची बढेको कारणले प्रतियोगिताको आकर्षण बढ्दै गरिएको हो ।

स्नुकर टुर्नामेन्टमा उत्साहपुर्ण खेलाडीहरुको सहभागिता रहेका थियो । शेर्पाले यो दोस्रो टुर्नामेन्ट भएको र आगामी दिनमा खेललाई निरन्तरता दिने समेत बताएका छन् । यस गुटशट स्नुकर केहि वर्ष अधिदेखि व्यवसायिक रुपमा सञ्चालन हुदै आएको छ । स्नुकर प्ले जोनमा खेलसंगै ब्यवस्थित रुपमा होटल पनि सञ्चालनमा रहेको छ ।

प्रकाशित मिति : २४ श्रावण २०८०, बुधबार  ४ : १२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।