४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अपराध


सुन तस्करसँग कुनै साँठगाँठ छैन, अनुसन्धानमा सघाउन तयार छु:महरा



३० साउन । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवम् पूर्वसभामुख कृष्णबहादुर महराले सुन तस्करी प्रकरणको अनुसन्धानमा सघाउन आफू तयार रहेको बताएका छन् ।
दाङमा पत्रकारसँग कुरा गर्दै महराले सुन तस्करी प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्दै अनुसन्धानमा सघाउन तयार रहेको बताएका हुन् । सुन तस्करसँग आफ्नो कुनै पनि साँठगाँठ नभएको दाबी गर्दै उनले आफूविरूद्ध सञ्चारमाध्यममा गलत अफवाह फैलाइएको बताए ।
सुन तस्करी प्रकरणमा जोडिएका चिनियाँ नागरिक वाङलाई आफूले फलफूल व्यापारीको रूपमा मात्रै चिनेको र त्यही रूपमा मात्रै कुरा गरेको बताए । महराले अनुसन्धानका लागि बोलाउन आग्रह गरेको तर सम्बन्धित निकायबाट आफूलाई नबोलाएको पनि दाबी गरे । विद्युतीय चुरोट अर्थात भेपभित्र लुकाएर ल्याएको नाै किलो सुन तस्करी प्रकरणमा महरा र उनका छोराको नाम जोडिएको छ ।

प्रकाशित मिति : ३० श्रावण २०८०, मंगलबार  ९ : ४३ बजे