४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अपराध


सुन तस्करी प्रकरणमा थप चार चिनियाँ नागरिक पक्राउ



३१ साउन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट बाहिरिएको अवस्थामा साउन ३ गते बरामद भएको ६० किलो ७१६ ग्राम सुन प्रकरणमा प्रहरीले थप चार चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।

ती चिनियाँ नागरिकलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले काठमाडौंबाट पक्राउ गरेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी कुवेर कडायतले जानकारी दिएका छन् । पक्राउ परेका ती चारै जना चिनियाँ नाम प्रहरीले खुलाइसकेको छ ।

उनीहरुलाई म्याद थपका लागि काठमाडौं जिल्ला अदातलमा उपस्थित गराइएको छ । उक्त सुन प्रकरणमा राजस्व अनुसन्धान विभागले १७ जनालाई पक्राउ गरेर सीआईबीलाई बुझाइसकेको छ ।

प्रकाशित मिति : ३१ श्रावण २०८०, बुधबार  १२ : १२ बजे