५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


विजुली बजारको झिलिभिलि पुलमा सेल्फी खिच्नेको भीड



ललितखबर
२ भदौं । काठमाडौं महानगरले राजधानीका आर्क पुललाई झिलिमिलि बनाएसँगै सेल्फी र टिकटक खिच्नेको भीड लागेको छ ।
बत्तिसपुतलीकी रमा काफ्लेले साँझ पख आर्क पुलमा रमाइलो हुन्छ भन्ने सुनेर आएको बताइन् । भनिन्, ‘राजधानीको रात्रीकालीन जीवन विस्तारै रमाइलो हुँदै गएको छ । यस्तो देख्दा मलाई रमाइलो लाग्छ ।’
आर्क पुलमा सेल्फी खिच्ने भीड बढेपछि ट्राफिक प्रहरीले रातको समयमा पुललाई छेकेर एकातर्फ मात्रै खुला गरेको छ । छेउतर्फका दुवै पुलमा भीड बढेको देख्न सकिन्छ ।
एक प्रहरीले नाम नबताउने शर्तमा भने, ‘फोटो खिच्नेको भीडका कारण गाडी बन्द गरिएको हो । सम्भावित दुर्घटना राक्न बार लगाएर छेकिएको हो ।’
राजधानीको विजुली बजारको आर्क पुलमा रातको ११ बजेसम्म भीड बढ्ने गरेको छ ।
महानगरले पुल सिंगार्ने क्रममा केही दिनअघि फूल र झिलिमिलि बत्ती राखेको थियो । महानगरले विजुलीबजार र डल्लु, कालीमाटीलगायतका आर्क पुल सिंगारेको हो ।

प्रकाशित मिति : ४ भाद्र २०८०, सोमबार  ४ : ५९ बजे