ललितखबर
६ असोज । ललितपुर महानगरका मेयर चिरीबाबु महर्जनले आफू बाल्य कालमा चित्रकलामा खुबै रुचि राख्ने विद्यार्थी रहेको खुलसा गरेका छन् ।
पुल्चोकस्थित विकल्प आर्ट सेन्टरले आयोजना गरेको चित्रकला प्रर्दशनीको समुद्घाटन कार्यक्रममा मेयर महर्जनले बाल्यकालमा आफूले गणेशको चित्र बनाएको र सो चित्र आफ्नी धर्मपत्नीले दैनिक पुजा गर्ने गरेको मेयर महर्जनले बताए । त्यो जमानामा आजको जस्तो चित्रकला प्रर्दशनीको संस्कृति सुरु नभएकोले आफूले परम्परागत चित्र बनाएको उनले बताए ।
मेयर महर्जनले ललितपुरलाई वल्र्ड क्राफ्ट काउण्सिलले विश्वको ३५ औं कलात्मक शहरको रुपमा सूचिकृत गरेको प्रसंग सुनाउदै यो उपलव्धि जोगाउन महानगरले धेरै काम गर्न जरुरी रहेको धारणा राखे ।
६ भाद्र २०८०, बुधबार
48
Shares
प्रतिक्रिया