९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


एसिया कप क्रिकेट : उद्घाटन खेलमा नेपाल र पाकिस्तान भिड्दै



१३ भदौ । पाकिस्तान र श्रीलंकाको सहआयोजनामा बुधबारदेखि श्रीलंकामा एसिया कप क्रिकेट प्रतियोगिता शुरु भएको छ । प्रतियोगितमा छ देशले प्रतिस्पर्धा गर्नेछन् । उद्घाटन खेलमा बुधबार नेपालले पाकिस्तानको सामना गर्दैछ । मुल्तानमा घरेलु टोलीविरुद्धको खेल नेपाली समय अनुसार दिउँसो सवा ३ मा हुनेछ ।

उक्त खेलपछि नेपाली टोली श्रीलंका जानेछ । नेपालको दोस्रो खेल भारतविरुद्ध रहेको छ । नेपाल र भारतबीचको खेल भदौ १८ गते श्रीलंकाको क्यान्डिमा हुनेछ । नेपाल र भारतबीचको खेल नेपाली समय अनुसार दिउँसो सवा ३ मा शुरु हुनेछ । नेपालको दुबै खेल डे नाइट हुनेछ ।

 

प्रकाशित मिति : १३ भाद्र २०८०, बुधबार  ३ : २९ बजे