१४ भदौं । सरकारले खाना पकाउने ग्याँसमा अत्याधिक मूल्यबृद्धि गरेको छ ।
नेपाल आयल निगमको सञ्चालक समिति बैठकले ग्यासको मूल्य पनि २३५ बढाएको हो ।
निगमले पेट्रोलमा प्रतिलिटर ४ र डिजेलमा ३ रुपैयाँले वृद्धि गरेको छ ।
स्वचालित मूल्य प्रणालीअनुसार पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको भन्दै निगमले मूल्य समायोजन गरिएको बताएको छ । यो मूल्य आजै १२ बजेपछि लागू हुने समेत निगमले जानकारी दिएको छ ।
भारतीय आयल निगमले बिहीबार नयाँ मूल्यसूची पठाउँदै पेट्रोलमा ३.१७ रुपैयाँ र डिजेलमा २.४८ रुपैयाँ र ग्यासमा १८६.४५ रुपैयाँ वृद्धि गरेको थियो ।
प्रतिक्रिया