९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


सरकारले जग्गा दिए क्रिकेट रंगशाला बनाउन पहल गर्ने काठमाडौं महानगरका मेयर बालेनको भनाई



नेपाल सरकारले काठमाण्डौ महानगर वा आसपासमा आवश्यक १ सय रोपनी जग्गा उपलब्ध गराउँछ भने काठमाण्डौ महानगरबाट रंगशाला बनाउन हामी पहल गर्नेछौँ

१९ भदौं । काठमाडौं महानगरका मेयर बालेन शाहले सरकारले जग्गा उपलव्ध गराए काठमाडौं महानगरले क्रिकेट रंगशाला निर्माणको पहल गर्ने मेयर बालेन शाहले घोषणा गरेका छन् । यति धेरै नेपालीहरु एक्कासी श्रीलंका किन आइरहेका छन् भन्दै प्रश्न गरेको र स्टेडियममा ४० देखि ५० जना जति भारतीय क्रिकेट समर्थक भेटिएको तर नेपालीहरुको संख्या १ हजार ५०० देखि दुई हजाररहेको उल्येख गर्दै नेपालमा क्रिकेटको क्रेज बढेको उनको भनाई छ ।
त्यहाँ पुगेका सबै नेपालीहरुको मात्रै खर्च ३० करोड पुगेको अनुमान गर्दै उनले त्यहि स्तरको रंगशाला जग्गा बाहेक ८० देखि ९० करोडम बन्ने उल्येख गरेका छन् ।
मेयर बालेनले यस्तो मात्रै रंगशाला र केहि ठुला खेलहरु हुने हो भने खेल विकास हुन सक्ने र एकै खेलबाटै करोडौँ रकम आर्जन हुने बताएका छन् ।

यस्तो छ महानगरका मेयर बालेनले लेखेको स्टाटस ः

फ्यानको रुपमा क्रिकेट हेर्न श्रीलंका पुग्दा श्रीलंकाको अध्यागमन कर्मचारीको प्रश्न थियो, “यति धेरै नेपालीहरु एक्कासी श्रीलंका किन आइरहेका छन् ?“ श्रींलंकाको अध्यागमन चकित पर्ने गरिको संख्यामा नेपालीहरु त्यहाँ पुग्दै थिए ।
त्यसपछि स्टेडियम पुग्दा देखियो, त्यहाँ ४०देखि ५० जना जति भारतीय क्रिकेट समर्थक थिए भने नेपालीहरुको संख्या १हजार ५०० देखि दुई हजारको बिचमा थियो । नेपाली क्रिकेट फ्यानहरु विभिन्न देशबाट श्रीलंका पुगेका थिए । अनुमानित हिसाब गर्ने हो भने त्यहाँ पुगेका सबै नेपालीहरुको मात्रै खर्च ३० करोड पुग्यो होला ।
टिभीमा देखिने बिराट, रोहीतहरुलाई आँखा अगाडि मैदानमा देख्न पाएका थियौँ । उनीहरुको हाउभाउलाई प्रत्यक्ष अनुभव गर्न पाइन्थ्यो । खेलको सुरुमा उनीहरुको हाउभाउ नेपालीलाई सजिलै जितिनेमा ढुक्क भए जस्तो देखिन्थ्यो । विश्वकै उत्कृष्ट खेलाडिहरुमा नेपालसँग खेल्दा त्यस्तो हाउभाउ देखिनु अस्वभाविक पनि थिएन । तर जसै खेल बढ्यो, जसै नेपालको ब्याटिङ अगाडि बढ्दै गयो, तब त भारतीय खेलाडिहरुको हाउभाउ पुरै रक्षात्मक बनिसकेको थियो । ठीक त्यहि बेला हामीले क्रिकेट जित्यौँ । अन्तिम नतिजा जे आए पनि हामीले यसपटकको एसिया कपमा पाउने जति पाइसकेका थियौँ ।
गजबको कुरा के थियो भने त्यहाँ खेल भइरहेको रंगशाला पनि हाम्रो त्रिविको क्रिकेट स्टेडियम जस्तै थियो, केहि प्याराफिट र अलि बढि सुविधा । नेपालमा त्यहि स्तरको रंगशाला जग्गा बाहेक ८० देखि ९० करोडमा नै बन्छ सायद ।
यसैले नेपाल सरकारले काठमाण्डौ महानगर वा आसपासमा आवश्यक १ सय रोपनी जग्गा उपलब्ध गराउँछ भने काठमाण्डौ महानगरबाट रंगशाला बनाउन हामी पहल गर्नेछौँ । यस्तो मात्रै रंगशाला र केहि ठुला खेलहरु हुने हो भने खेल विकास हुन सक्छ । र, एकै खेलबाटै करोडौँ रकम आर्जन हुन सक्छ । त्यो बाहेक खेलाडि र तल्लो तहमा सिकाइ सुविधाका लागि अबको ३ बर्षमा सकेसम्म हरेक वडामा एक हुने गरि बलिङ नेट राख्ने प्रबन्ध पहिले नै गरि सकेको छौ ।

 

प्रकाशित मिति : १९ भाद्र २०८०, मंगलबार  ७ : ०७ बजे