१९ भदौ । सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमीटेडले प्रिमियम दरमा निश्कासन गरेको आइपीओ खरीदका लागि आवेदन दिने आज(मंगलबार) अन्तिम दिन हो ।
कम्पनीले भदौ १५ गतेदेखि सर्वसाधारणका लागि ९० लाख कित्ता आइपीओ निश्कासन गरेको थियो ।
आइपीओ यसअघि नै ओभरसब्सक्राइब्ड भइसकेकोले छिटोमा आवेदन दिने भनी तोकिएको आजसम्म मात्र इच्छुकले खरीदका लागि आवेदन दिन पाउनेछन् ।
कम्पनीको जारी पूँजी ३ अर्ब ७५ करोड रुपैयाँ रहेको छ । यसैको ३० प्रतिशतले हुन आउने पूँजी बजारको आइपीओ बिक्री गर्ने उद्देश्यले निश्कासन गरिएको हो ।
कुल १ करोड १२ लाख ५० हजार कित्ता आइपीओ निश्कासन गरेको कम्पनीले ११ लाख २५ हजार कित्ता विदेशमा काम गर्ने नेपालीका लागि, ५ लाख ६२ हजार ५०० कम्पनीका कर्मचारीका लागि र ५ लाख ६२ हजार ५०० कित्ता नै म्युचुअल फण्डहरुका लागि सुरक्षित गरी बाँकी रहेको ९० लाख कित्ता सर्वसाधारणका लागि निश्कासन गरेको हो ।
कम्पनीले अंकित दर १०० रुपैयाँमा १४४ रुपैयाँ प्रिमियम थपेर कुल रु. २४४ प्रतिकित्ताको दरले आइपीओ निश्कासन गरेको छ।
सिडिएससीका अनुसार यो कम्पनीको आइपीओमा सोमबार रातिसम्म ११ लाख ७ हजार ४८ आवेदकले आवेदन दिइसकेका छन् ।
प्रतिक्रिया