३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


मोरक्कोमा मध्यराती गयो शक्तिशाली भुकम्पको धक्का, सयौंको मृत्यु, हजारौं घाइते



२३ भदौं । मोरक्कोेमा गएको राति भुकम्प जाँदा सयौंको मृत्यु भएको छ भने हजारौं घाइते भएका छन् ।
स्थानीय समयअनुसार मध्यरातको ११ बजेर ११ मिनेटमा गएको भूकम्पमा मृत्यु हुनेको संख्या २९६ पुगेको छ ।
भुकम्पपछि शहरमा भागदौड मच्चिएको छ भने कतिपय मानिस घर छोडेर सडकमा बसेका छन् ।
भुकम्पपछि मोरोक्कोको तरौडान्ट र माराकेस र शहरमा ठूलो क्षति पुगेको भन्दै स्थानीय सञ्चारमाध्यामहरुले समाचार सम्प्रषण गरेका छन्
मोराक्कोको रबात र कासाब्लान्कालगायत सहरहरुमा भूक्म्पको धक्का महसुश गरिएको थियो ।
भुकम्प ६.८ म्याग्निच्युडको मापन गरिएको छ । भुकम्पपछि बासिन्दाहरु सम्भावित ठूला पराकम्पहरुले क्षति पु¥याउन सक्ने चिन्तामा छन् ।

प्रकाशित मिति : २३ भाद्र २०८०, शनिबार  ६ : २६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।