५ जेष्ठ २०८३, मंगलबार | Wed May 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौं महानगरमा अनधिकृत प्रचार सामग्री टाँस्ने तीन जना कारबाहीमा



२३ भदौ । काठमाडौं महानगरपालिकाले अनधिकृत रुपमा प्रचार सामग्री टाँस्ने तीन जनालाई जरिवाना तिराएको छ । अनधिकृत प्रचार सामग्री टाँस्ने, वितरण गर्ने कार्यमा संलग्न तीन जनालाई कलंकी क्षेत्रबाट नियन्त्रणमा लिएर काठमाडौँ महानगरपालिकाले प्रशासनिक जरिवाना तिराएको हो ।
विभिन्न पदमा रोजगारको अवसर, उल्लेख भएका पर्चामा भएको फोन नम्बर पछ्याउँदै रमेश खत्री, माधव पन्त र गणेश आचार्यलाई नियन्त्रणमा लिएर जरिवाना तिराइएको हो ।

नगर प्रहरी निरीक्षक प्रकाश पण्डित, नायव निरीक्षक राजकुमार चौलागाईँ र सहायक निरीक्षक प्रयास घिमिरेको टोलीले उनीहरुलाई पक्राउ गरेको थियो । महानगरले सडक वा सडकका भित्ता, विजुलीका पोल, रेलिङ्, बार, पार्क, पर्खालजस्ता ठाउँहरुमा प्रचारका सामग्री टाँस्न रोक लगाएको छ ।

गणेश आचार्य एस.वी. जब. सर्भिस लिङ्कसँग आवद्ध छन् । यो कम्पनीले मिति नराखी रिसेप्सनिष्ट, क्लिनर, सेक्युरिटी गार्ड, शिक्षक, ड्राइभर, वाइक होल्डर, हाउस किपिङ्जस्ता १६ शीर्षकका पदमा कर्मचारी अर्जेन्ट लेखेर पर्चा निकालेको छ ।

तलब कम्तीमा १० हजार बढीमा १६ हजारसम्म राखेको छ । कर्मचारी मागको संख्या कम्तीमा ५ जना र धेरैमा २० जनासम्म लेखेको छ । अन्तरवार्ता नहुने, शतप्रतिशत काम हुने पर्चामा उल्लेख छ । काम कसले दिने हो ? कम्पनी कस्तो हो ? त्यसको विवरण खुलाइएको छैन ।

प्रकाशित मिति : २३ भाद्र २०८०, शनिबार  ६ : ५० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।