३० मंसिर २०८२, सोमबार | Mon Dec 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


कोशीमा बजेटसम्बन्धी अध्यादेश जारी



२४ भदौ । कोशी प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङले बजेटसम्बन्धी अध्यादेश जारी गरेका छन्।

आइतबार प्रदेश प्रमुख खापुङले प्रदेश मन्त्रिपरिषद्‌को सिफारिसमा कोशी प्रदेश आर्थिक अध्यादेश २०८० र विनियोजन अध्यादेश २०८० जारी गरेका हुन्। यससँगै कोशीमा बजेट शून्यता हटेको छ ।

सर्वोच्च अदालतको परमादेशपछि कोशी प्रदेश सरकारको नेतृत्वमा फर्किएका हिक्मत कार्कीले प्रदेशमा जारी बजेट शून्यता तोड्न अध्यादेशमार्फत् बजेट ल्याएका हुन्।

यसअघि कार्की नेतृत्वको सरकारले नै ल्याएको बजेट अध्यादेश प्रदेश सभाबाट पारित नभइ निष्क्रिय भएपछि प्रदेश सरकार बजेट शून्यताको अवस्थामा पुगेको थियो।

प्रकाशित मिति : २४ भाद्र २०८०, आइतबार  ९ : ४६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।