८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


भक्तपुरको युवा सहकारीले लम्कि स्किनरोगबाट पिडित किसानलाई राहत दिने



यदि हाम्रो सदस्यको घरमा पालेका गाई भैसीको सो रोगबाट मृत्यु भएमा ३ हजार प्रति पशुको हिसावले राहात दिन्छौं

२७ भदौं । भक्तपुरको युवा बचत तथा ऋण सहकारीले लम्कि स्किन रोगबाट पीडीत किसानलाई राहत दिने भएको छ ।
युवा साकोसले लम्कि स्किन रोगबाट पशु धनको क्षति भएका आफ्ना सदस्य किसानलाई प्रत्येक घर अनुसार राहत दिने संस्थाका सचिब जयराम बास्तोलाले जानकारी दिएका छन् । बास्तोलाले भने “यदि हाम्रो सदस्यको घरमा पालेका गाई भैसीको सो रोगबाट मृत्यु भएमा ३ हजार प्रति पशुको हिसावले राहात दिन्छौं ।”
एक वर्ष उमेरभन्दा कमका बाच्छा÷बाच्छी वा पाडा÷पाडीको मृत्यु भएमा सहकारीले २ हजार दिने निर्णय गरेको बास्तोलाले बताए ।
संस्थाका सदस्यले यदि पशु चौपाय खरिद गर्न चाहेमा ५० हजार रुपैयाँ नगद ऋण सुविधा एक वर्षसम्म विना ब्याज दिने छ । त्यसको साबाको किस्ता भने तीन महिनापछिबाट फिर्ता गर्नु पर्ने संस्था नियम बनाएको छ ।
बास्तोलाका अनुसार सदस्यहरुले राहत लिन र निब्र्याजी रकम लिन चाहानेले संस्थाको नियममा रहेर लिन सक्नेछन् ।
चाँगुनारायण नगरपालिका वडा नं. ६ मा यसको मुख्य कार्यालय रहेको छ । संस्थाको कार्यक्षेत्र सोही नगरका विभिन्न वडा रहेका छन् ।

 

प्रकाशित मिति : २७ भाद्र २०८०, बुधबार  ५ : ३५ बजे