२५ असार २०८३, बिहिबार | Thu Jul 9 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


आज नेपाल चीन द्विपक्षीय वार्ता हुँदै, विभिन्न सहयोग एवं सम्झौतामा हस्ताक्षर हुने



बेइजिङ
८ असोज । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिनियाँ समकक्षीसँग आज द्विपक्षीय भेटवार्ता हुँदैछ । प्रधानमन्त्री दाहाल र उनका समकक्षी लि छ्याङबीच ग्रेटहल अफ दि पिपलमा स्थानीय समयअनुसार १०ः५५ मा भेटवार्ता हुन लागेको हो ।

त्यसअघि प्रधानमन्त्री दाहालले चिनियाँ कम्युनिष्ट पार्टीका स्थायी समिति अध्यक्ष चाओ लिजीसँग भेटवार्ता गर्नेछन् । भेटवार्ताका लागि प्रधानमन्त्री दाहाल ग्रेटहल अफ दि पिपलमा आइपुगेका छन् । प्रधानमन्त्री दाहाललाई ग्रेट हलमा स्वागत तथा गार्ड अफ अनर प्रदान गरिएको छ ।

नेपाल–चीन द्विपक्षीय भेटवार्तापछि आज दुई देशबीच विभिन्न सहयोग एवं सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम रहेको छ । प्रधानमन्त्री दाहालको सम्मानमा चिनियाँ प्रधानमन्त्री लि छ्याङले दिवा भोजको आयोजना गरेका छन् ।

प्रकाशित मिति : ८ आश्विन २०८०, सोमबार  २ : ५२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।