१७ कार्तिक २०८१, शनिबार | Sat Nov 2 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कला / साहित्य


साहित्यकार शिव सस्मितको “कुरैकुराको खेती” विमोचन



 

पोखरा
२१ असोज । साहित्यकार शिव सस्मितको हास्यव्यङ्ग्य निबन्ध संग्रह “कुरैकुराको खेती” एक कार्यक्रमका विच विमोचन गरिएको छ ।
भैरव अर्याल स्मृति दिवसको अवसरमा विश्व नेपाली साहित्य महासङ्घ गण्डकी प्रदेशले आयोजना गरेको कार्यक्रममा हाँस्यव्यङ्य क्षेत्रमा क्रियासिल सिस्नुपानी नेपाल तथा फित्कौली अनलाइनका संस्थापक अध्यक्ष तथा प्रमुख अतिथि नरनाथ लुईटेलले भर्चुवल मोडमा विमोचन गरे । प्रमुख अतिथि लुईटेलले नेपाली हास्यव्यङ्ग्य क्षेत्र भैरव अर्याल पछि सुस्ताए गएको भन्दै सस्मितको कुरैकुराको खेती नयाँ प्राप्त भएको टिप्पणी गरे ।
अनेसासका संस्थापक अध्यक्ष तथा विशिष्ट अतिथि होमनाथ सुवेदीले मोफोसल साहित्यलाई हेर्ने दृष्ट्रीकोणलाई लक्षीत गदै भने “हाम्रो साहित्यले अन्धराष्ट्रबाद मात्रै नलेखेर, साँघुरो पक्षलाई मात्रै नहेरेर हामी कुनकाप्चामा भएपनि आकाश छुन सकिन्छ ।” सर्जक र साहित्यको उच्च विचार हुनुपर्ने भन्दै प्रसिद्ध साहित्यकार सुवेदीले सस्मितलाई निकै सम्भावनायक्त कविका रुपमा चित्रित गरे । उनले म्याथको विषयवस्तुलाई अन्तरग्रह्य तहमा अध्ययन गरेर त्यसलाई अगाडी पस्किन सक्यो भने पाठनलाई नयाँचिजहरु दिन सक्ने ठोकुवा समेत गरे ।

पेशाले मावि तहका कुशल गणित शिक्षक सस्मितको “कुरैकुराको खेती” पाँचौँ कृति हो । यस अघि धुमिल आकाश (शैक्षिक उपन्यास) विलोकन मुक्तmक संग्रह, बहाव गजल संग्रह, र डायरीमा टाउके हाँस्यव्यङ्य निबन्ध संग्रह प्रकाशाति भएका छन् ।

समिक्षक रामप्रसाद सुवेदीले पुस्तकको समिक्षा गर्दै “कुरैकुराको खेती” उत्कृष्ट कृतिको आएको बताए । समिक्षक सुवेदीले भाषाशैली अलंकारयुक्त काव्यात्मकको सरस र स्पष्ट अभिव्यक्ति निबन्धको सबल पक्ष भएको लघु आकारको विसंगती विरुद्धको विद्रोहको रुपमा “कुरैकुराको खेती” आएको बताए ।

लेखकीय भनाई राख्दै सस्मितले आफू भाषा साहित्यको विद्यार्थी नभएको भएपनि समाजको सामाजिक, राजनैतिक, शौक्षिक बेथिती विंगतिले प्रत्यक्षरुपमा विछिप्त बनाए पछि जन्मिएको आफ्नौ अनुभवको संग्रह भएको बताए । विभिन्न समयमा आफूले भोगेका दुख दर्द र भोगाईलाई इमानदार भएर लेखेको बताए ।

गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का ‘विखर्ची’, प्रसिद्ध साहित्यकार प्रा.डा षडानन्द पौडेल, विनेसामका केन्द्रिय संगठन सचिव तथा नेपाल अध्यक्ष कल्पना पौडेल, जिज्ञासु, एस्टी एफ्टीका संस्थापक भुपती बस्याल, प्रकाशक केशव पराजुलीले शुभकामना मन्तव्य राखेका थिए ।

विनेसाम गण्डकी प्रदेश अध्यक्ष प्रकाश अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष आरती आर्चायको स्वागत र कार्यक्रमको संचालन सचिव प्रेम थापा मनले गरेका थिए । अनलाईन मोडमा संचालन भएको कार्यक्रममा संसारभएका प्रसिद्ध लेखक, साहित्यकार,कवि, पत्रकार तथा विनेसामका विभिन्न शाखाका प्रमुखहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २१ आश्विन २०८०, आइतबार  २ : ५६ बजे