१६ बैशाख २०८१, आइतबार | Sun Apr 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


इजरायल आक्रमणमा परी १० नेपालीको निधन



२१ असोज । इजरायलमा प्यालेस्टायनी कट्टरपन्थी समूह हमासले गरेको आक्रमणमा परी कम्तिमा १० जना नेपालीको मृत्यु भएको छ । उक्त आक्रमणमा तीन जना नेपाली घाइते भएका छन् ।
इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालले किवुज अलुमिनमा रहेका १७ जना विद्यार्थीमध्ये १० जनाको मृत्यु भएको जानकारी दिए ।

मृत्यु हुनेमा घोडाघोडी–४ कैलालीका नारायण न्यौपाने, जयपृथ्वी–६ बझाङका गणेशकुमार नेपाली, बाउनिया–३ कैलालीका आशिष चौधरी, लेकाम–५ दार्चुलाका दिपेशराज विष्ट, सपही–६, धनुषाका आनन्द साह र मधुवान–१, सुनसरीका राजेशकुमार स्वर्णकार छन् । यस्तै पाँचनली–डोटीका राजन फुलारा, लामिखाल–८ डोटीका पदम थापा, सारदा–३ सल्यानका प्रवेश भण्डारी र मालिकार्जुन–४ दार्चुलाका लोकेन्द्र सिंह धामीको पनि मृत्यु भएको छ ।

प्रकाशित मिति : २१ आश्विन २०८०, आइतबार  ४ : ५७ बजे