१५ बैशाख २०८१, शनिबार | Sun Apr 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


इजरायलबाट फर्किन ३५० बढीले दूतावासमा नाम टिपाए



२३ असोज । इजरायलबाट स्वदेश फर्किन ३५० जनाभन्दा बढीले तेल अबिबस्थित नेपाली राजदूतावासमा नाम टिपाएका छन् । दूतावासले मंगलबार राति जारी गरेको विज्ञप्तिअनुसार उनीहरूलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरिएको छ ।

इजरायल र गाजाको सीमा नजिक रहेका सबै ५५ जना विद्यार्थीको उद्धार गरिएको दूतावासले जनाएको छ । यस्तै उत्तरी इजरायलमा रहेका ७२ जनालाई सुरक्षित स्थानमा सारिएको छ । दूतावासले घाइते भई उपचाररत चार जनाको स्वास्थ्य अवस्थामा सुधार भइरहेको बताएको छ ।

गत शनिबार प्यालेइस्टाइनी समूहले आक्रमण गर्दा सम्पर्कबिहीन भएका एक जना नेपाली विद्यार्थीको अवस्था भने अझै अज्ञात रहेको छ । उनको खोजी कार्य तीव्ररुपमा भइरहेको दूतावासले जनाएको छ ।

 

प्रकाशित मिति : २३ आश्विन २०८०, मंगलबार  ५ : २९ बजे